प्युठानमा सुर्य थापाको अग्रता कायमै, पछ्याउँदै दुर्गा पौडेल

प्युठान, ७ मंसिर । प्युठानमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका सुर्य थापाले अग्रता कायम गरिरहेका छन् । उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकी उम्मेदवार दुर्गा पाैडेलसँग ३ हजार ३२६ मतको अग्रता कायम गरेका छन् ।

थापाले २५ हजार १२५ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चा की दुर्गा पौडेलले २१ हजार ७९९ मत प्राप्त गरेकी छन् । प्रदेश सभा तर्फ दुइवटै निर्वाचन क्षेत्रमा पनि एमालेका उम्मेदवारले लिड गरिरहेका छन।

प्युठानको ९ मध्ये ६ वटा पालिकाको मतगणना सकिएको छ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण प्रसाद पोखरेलले १ हजार ३३२ र चौथो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका होम बहादुर बुढाथोकी मगरले ६२१ मत प्राप्त गरेका छन् ।