गुल्मी-२ मा नेकपा एमालेका गोकर्ण विष्टकाे सान्दार जित
गुल्मी, ७ मंसिर । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट सान्दार मतका साथ विजयी हुनुभएकाे छ ।
बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई २०३४ मतान्तरले पछाडी पार्नुभएकाे हाे । बिष्टले २८ हजार ४७६ मत ल्याउनुहुँदा झाँक्रीले २६ हजार ४४२ ल्याउनुभएकी छन् ।
बिष्टले २०३४ मतको अग्रतासहित जित हात पार्नुभएकाे हाे । निर्वाचन आयोगले आधिकारिक रूपमा घोषणा गर्न बाँकी छ ।
बिष्टले २०७० र २०७४ को चुनाव पनि जित्नुभएकाे थियाे ।
