पाँच दलीय सत्ता गठबन्धनलाई हराएर ताप्लेजुङबाट उदाए एमालेका योगेश भट्टराई
काठमाडौं, ७ मंसिर । प्रतिनिधिसभा सदस्यमा पाँच दलीय सत्ता गठबन्धनलाई पछि पारेर एमालेका योगेश भट्टराई निर्वाचित भएका छन् ।
बुधबार सकिएको मत गणनामा पाँच दलीय सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक निर्वाचित भएकाे हाे ।
२०७४ सालको निर्वाचनमा भट्टराईले २९ हजार ४ सय ७९ मत ल्याएर विजयी भएका थिए
मत परिणामको औपचारिक घोषणा हुन बाँकी रहकाे छ ।
