कुलेखानीमा जिप दुर्घटना : एकको मृत्यु, छ घाइते

काठमाडाैं, ७ मंसिर । हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डको इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा आज दिउँसो २ः४५ बजे जिप दुर्घटना भएकाे छ ।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना१ज ४४४६ नं को सुमो जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय भीमफेदीले दिएको जानकारीअनुसार चालकसहित सात जना यात्रा गरेकामा घाइते छ जनाको उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको र गम्भीर पाँचको थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
सुमो चालकको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखतको भइरहेको प्रहरीले जनाएको छ ।