दाङ-२ मा शंकर पोखरेललाई झिनाे मतले पराजित गर्दै रेखा शर्मा विजयी

दाङ – दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् ।

शर्माले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई झिनाे मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

अन्तिम मतपरिणाम अनुसार माओवादीकी शर्माले २६ हजार ८७७ मत प्राप्त गरेकी छन् भने एमालेका पाेखरेलले २६ हजार ६८१ मत प्राप्त गरेका छन् ।

एमालेका महासचिव पोखरेल लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री हुन्।