पाँचथरबाट कांग्रेसका भीष्मराजलाई हराउँदै एमालेका नेम्बाङ विजयी

पाँचथर, ९ मंसिर । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित हुनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको हाे ।

गए राति अबेर सकिएको मतपरिणामअनुसार नेम्वाङले ३२ हजार एक सय १० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।

नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ ।