इलाम-२ मा सुवास नेम्वाङ गठबन्धनका डम्बरबहादुर भन्दा १७ सय मतले अघि

इलाम, ९ मंसिर । एमाले उपाध्यक्ष सुवास नेम्वाङले इलाम क्षेत्र नं २ मा गठबन्धनका डम्बरबहादुर खड्का भन्दा १७ सय ६५ मतले अगाडी रहेका छन् ।

एमाले उपाध्यक्ष नेम्वाङले २० हजार ७१ मत सहित आफ्नो अग्रता कायमै राखेका छन्।

उनलाई पछ्याइरहेका गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १८ हजार ३ सय ६ मत ल्याएका छन् ।

नेम्वाङले २०५६ सालदेखि लगातार इलामबाट चुनाव जित्दै आएका छन्। उनले यसअघि ४ पटक जितिसकेका छन्।