काभ्रेपलाञ्चोक–२ मा गठबन्धनका उम्मेदवार हराउँदै भारी मतले बाँस्कोटा निर्वाचित

काभ्रेपलाञ्चोक, ९ मंसिर । काभ्रेपलाञ्चोककाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटा निर्वाचित हुनुभएको छ ।

बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गर्नुभएको छ भने हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार पाँच सय ८६ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए । यस क्षेत्रमा एक लाख तीन हजार तीन सय ९१ ले मतदान गरेको थिए ।