सुजाता कोइरालालाई हराउँदै मोरङ-२ बाट एमालेका पोखरेल विजयी

माेरङ, ९ मंसिर। नेपाली कांग्रेसकी सुजाता कोइरालालाई हराउँदै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।

एमालेका पोखरेलले ३३ हजार १४८ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी कोइरालाले ३१ हजार ९४० मत पाइन् ।

पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

सुजाताका बुबा गिरिजाप्रसाद कोइराला पनि सोही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेस उम्मेदवार डा. मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *