रवि लामिछानेको चुनावी खर्च सार्वजनिक, ११ लाख ८१ हजार रूपैयाँ खर्च

काठमाडौं, १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी अवधिभरी गरिएका खर्चकाे हिसाब सार्वजनिक गरेका छन् ।

लामिछानले चुनावी अवधिभरी ११ लाख ८१ हजार ४७२ खर्च भएको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् ।

लामिछानेले सामाजिक सञ्जालमार्फत आजदेखि खुसियाली मनाउने दिन सकिएको पनि घोषणा गरेका छन् ।

लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने, संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने, प्रत्यक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं उपस्थित हुनेलगाएतका बताएका छन् ।