इलाम क्षेत्र नम्बर २मा गठबन्धनका डम्बरबहादुर खड्कालाई हराउँदै सुवास नेम्वाङ विजयी

इलाम, ११ मंसिर । इलाम क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार डम्बरबहादुर खड्कालाई हराउँदै नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ निर्वाचित भएका छन्।

नेम्वाङले ११४ मतको अन्तरले गठबन्धनका उम्मेदवार डम्बरबहादुर खड्कालाई हराएका हुन्।

अन्तिम मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।

केही मतदान केन्द्रको मतगणना गर्दा गर्दै स्थगन भएको गणना कार्य शनिबार राति सवा ९ बजे फेरि सुरू भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *