समानुपातिकमा घण्टी तेस्राे स्थानमा, माओवादी पछि पछि

काठमाडौं, प्रतिनिधिसभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनाव चिन्ह घण्टी नेकपा माओवादी भन्दा अगाडी लागेको छ।

आज विहानसम्म गणना भएकाे मत ९२ लाख ३९ हजार राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनाव चिन्ह घण्टी तेस्राे स्थानमा उक्लेकाे हाे । याे संगै नेकपा माओवादी चाैथाे भएकाे छ ।

आयोगका अनुसार स्वतन्त्र पार्टीले १० लाख ५९ हजार मत पाउँदा माओवादीले १० लाख ५२ हजार मत ल्याएको छ।

समानुपातिकतर्फ एमालेको अग्रता कायमै रहेकाे छ। हालसम्म एमालेले २५ लाख १९ हजार, काँग्रेसले २३ लाख ८७ हजार, राप्रपाले ५ लाख ४४ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ३ लाख १९ हजार, जनमत पार्टीले २ लाख ५६ हजार र नेकपा एकीकृत समाजवादीले २ लाख ४८ हजार मत प्राप्त गरेकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *