फिफा विश्वकप फुटबल

विश्वकप फुटबलमा आज पनि चार खेल हुँदै

काठमाडाैं, १२ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज पनि चार खेल हुँदैछन् ।

विश्वकपमा पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरून र सर्विया बीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा समूह ‘एच’ अन्तर्गत दक्षिण काेरिया र घाना बीच प्रतिस्पर्धा हुनेछ । दक्षिण काेरिया र घानाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ

यसैगरी समूह ‘जी’ मा रहेको ब्राजिल र स्वीजरल्याण्ड बीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

आजै हुने समूह ‘एच’ मा रहेको पाेर्चुगल र उरूग्वे बीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।