सुपर मादी हाइड्रोपावरकाे आईपीओ मंसिर २० गतेदेखि निष्काशन हुने

काठमाडाैं, १३ मंसिर । सुपर मादी हाइड्रोपावरकाे आईपीओ मंसिर २० गतेदेखि निष्काशन हुने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजीको १५ प्रतिशत ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गर्न लागेको हो।

त्यसैगरी, कम्पनीले सर्वसाधारणलाई निष्काशन हुने २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

शेयरका लागिआयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले पुस ५ गतेसम्म आवेदन दिन सक्नेन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद पुर २० गते सम्म लम्बिनेछ। शेयरमा न्यूनतम १० कित्ता देखि ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।

त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आईपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो शेयरमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *