अमेरिकाकाे फ्रिडम पार्टीबाट प्रभावित स्वतन्त्र पार्टीलाई ओलीकाे यस्ताे टिप्पणी
काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकाे नाम नलिइ उक्त दलले अमेरिकाको फ्रिडम पार्टीको चिन्ह घण्टी र झण्डा दुरुस्तै लिएकाे भन्दै टिप्पणी गर्नु भएको छ ।
पार्टी कार्यालय च्यासलमा आयाेजित एक कार्यक्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हाे ।
राष्ट्रिय जनसांस्कृतिक महासंघले अध्यक्ष ओलीको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयाे- ‘संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ ।
त्यसको चिन्ह घण्टी छ। दुरुस्त आकारको घण्टी उहाँ पनि लिएर आएका छन् । तर, त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुम्प फुल्यो । केही त होला । त्यतापट्टि पनि धेरै नजाऔँ ।’