शेयर बजारमा झिनाे अंक संगै काराेबार रकममा पनि गिरावट

काठमाडाैं, १४ मंसिर । बुधबार नेप्से सूचक झिनाे अंकले गिरावट आएकाे छ । यस दिन नेप्से सूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा झरेको छ । नेप्से संगै काराेबार रकममा पनि गिरावट आएकाे छ ।

बुधबार २३ लाख ५५ हजार ८४५ कित्ता शेयर ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँमा शेयर कारोबार भएको छ। अघिल्लो दिन ९५ करोड रुपैयाँमा शेयर कारोबार भएको थियाे ।

चुनावपछि बजार बढ्ने अपेक्षा गरिएपनि सोअनुसार बजार बढ्न सकेको छैन। पछिल्लो समय बजार सामान्य अंकको उतारचढावमा नै चलिरहेको छ।

यस दिन ग्रिन लाइफ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ४ प्रतिशत, रुरु जलविद्युतको ३.३१ प्रतिशत र बुद्धभुमी हाइड्रोपावरको २.८४ प्रतिशतले बढेको छ।

त्यस्तै विन नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.४० प्रतिशतले घटेको छ भने गुहेश्वरी फाइनान्सको ३.२७ प्रतिशत, युनाइटेड इन्स्योरेन्स २.९४ प्रतिशत र युनाइटेड मोदीको २.८९ प्रतिशतले घटेको छ।

बुधबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको ४ करोड १४ लाख, नेश्डो लघुवित्तको ३ करोड ८२ लाख र शिवम् सिमेन्टको ३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा २ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ।