अर्थतन्त्र सुधारोन्मुख छ: गभर्नर अधिकारी

काठमाडाैं, १५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताउनुभएकाे हाे ।

उहाँले बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै यसबाट निजी क्षेत्र सशङ्कित हुनुपर्ने अवस्था नभएकाे बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ ।” गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको बताउनुभयो ।