दोलखामा मतदान जारी, १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न

दोलखा, १५ मंसिर । दोलखामा जारी १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको हाे।

मतदान शान्तिपूर्ण तरिकाले भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उहाँले जानकारी दिनुभयो । उक्त मतदान केन्द्रमा चार स्थानमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् ।

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनःमतदान गर्ने यही मङ्सिर ११ गते निर्णय गरेको थियो । ती मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।