अरुण भ्याली हाइड्रोपावर लिमिटेडको लाभांश घोषणा

काठमाडाैं, १६ मंसिर । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीलेले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *