फिफा विश्वकप फुटबल

विश्वकप फुटबल: प्रिक्वाटरफाइनल खेलमा आज दुई खेल हुँदै

एजेन्सी, १८ मंसिर । फिफा विश्वकप फुटबल अन्तरगत आज प्रिक्वाटरफाइनल खेलमा पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ ।

कतारकाे अल थुमाम स्टेडियममा हुने पोल्यान्ड र फ्रान्सबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।

त्यस्तै आज नै हुने दोस्रो खेलमा इङ्ल्यान्डले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।