एकपक्षीय बाँधप्रति विरोध जनाउँदै भारतलाई कुटनीति नोट

काठमाडौँ, २० मंसिर । भारतले एकपक्षीय रूपमा महाकाली नदीमा निर्माण गरिरहेको बाँधप्रति विरोध जनाउँदै नेपाल सरकारले भारतलाई कुटनीति नोट पठाउने भएको छ।

दार्चुलाको सदरमुकाम खलंगामा महाकालीको धार परिवर्तन गरि भारतले एकपक्षीय रूपमा बाँध निर्माण गरेपछि स्थानीय बासिन्दाले विरोध जनाएका थिए।

भारतले अन्तराष्ट्रिय सीमाको मूल्य मान्यताविपरीत सीमामा संरचना बनाएपछि नेपाल सरकारले औपचारिक रूपमा विरोध जनाउँदै भारतलाई कुटनीतिक नोट पठाउन लागेको हो।

दुई पक्षका स्थानीय अधिकारीले सहमतिविपरीत संरचना निर्माण नगर्ने प्रतिबद्धता जनाए पनि भारतले उल्लंघन गर्दै आएको छ।

यसअघि पनि नेपालले भारतीय पक्षबाट सीमा क्षेत्रमा भएको ज्यादतिको विरोध जनाउँदै भारतलाई कुटनीतिक नोट दिँदै आएको छ।

गत कात्तिकमा खलंगा नजिकै भारतीय पक्षले सीमा क्षेत्रमा सडक निर्माणका लागि विष्फोट गराउँदा व्यास गाउँपालिका-२ दुम्लिङका एक बालकको मृत्यु भएको थियाे।

विस्फोटका कारण हिक्मत महराका छोरा पवनको घटनास्थलमै मृत्यु भएको घटनाप्रति सरकारले विरोध जनाउँदै भारतलाई कुटनीतिक नोट लेखे पनि त्यसको जवाफ दिएको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *