आज पनि सर्वोच्चकाे गेटमा बारको धर्ना

काठमाडौं, २३ मंसिर । नेपाल बार एसोसिएसनले सर्वोच्चकाे गेट अगाडी आज पनि धर्ना दिने भएकाे छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निलम्बन निष्क्रिय भएपछि उत्पन्न तनाव लाई लिएर आज बिहान पौने १० बजेबाट सर्वोच्चको गेटमा धर्ना दिइने बारका अध्यक्ष गोपालकृण्ण घिमिरेले जानकारी दिए। तनावका कारण आज पनि सर्वोच्चको काम कारबाही प्रभावित हुनेछ।

जबराविरुद्ध महाभियोगमा महाभियोग समितिबाट पारित प्रतिवेदनलाई नयाँ प्रतिनिधिसभामा पेस गर्न सभामुखले दिएको तोकादेशलाई संसद् सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले बुधबार जबरालाई निलम्बन निष्क्रियको पत्र दिएपछि बुधबार दिनभर सर्वोच्च अदालत प्रभावित भएकाे थियाे ।

जबराको राजीनामा माग्दै गत वर्ष कात्तिक दोस्रो सातादेखि आन्दोलनरत् बारले फागुन १ मा उनीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि १०९ औं दिनमा आन्दोलन रोकेको थियो।

संसद् सचिवालयका महासचिव गौतमको पत्रले नयाँ परिस्थिति उत्पन्न गराएपछि नेपाल बारले यही मंसिर २४ मा पोखरामा तय गरेको ४८ औं केन्द्रीय कार्यकारिणी बैठक स्थगित गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *