माया खोला हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडाैं, २३ मंसिर । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अंकित दरमा १२ लाख ४० हजार कित्ता आईपीओको निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कूल १० लाख कित्ता शेयर छुट्याएको छ । त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशत अर्थात् दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेकाहरुका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने शेयरमध्ये ६० प्रतिशत अर्थात छ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नं. ८ र ९, धर्मदेवी नपा वडा नं. ३, ४ र ५ तथा मादी नपा वडा नं. ४ र ६ का बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै आयोजना अति प्रभावित क्षेत्र बाहेक सङ्खुवासभाको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि ४० प्रतिशतले हुने चार लाख कित्ता शेयर निष्कासन गरिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

निष्कासित शेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस ८ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे पुस २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सक्ने छन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेकाहरुले पुस ८ गतेसम्म अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *