सुरु भयाे समानुपातिक सांसदको नामावलीमा छानबिन, समावेशी नभए साेमबारसम्म सच्याउन पाइने

काठमाडाैं। २५ मंसिर । निर्वाचन आयाेगले विभिन्न राजनीतिक दलहरूले बुझाएकाे समानुपातिक सांसद्काे सूचीमाथि आज छानबिन गर्दैछ।

यसअघि दलहरूले बन्द सूचीमा पेश गरेअनुसार नामावली छ कि छैन भनेर आयोगले छानबिन गर्ने भएको हो।

निर्वाचन आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ ।

दलहरुले शनिबार बुझाएको नामावली आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ । क्लस्टरअनुसार सांसदका नाम आएका छन् कि छैनन् छानबिन गरेर आयोगले आज पुन: दलहरूलाई पत्राचार गर्नेछ।

समावेशी प्रतिनिधित्व भएको छैन भने दलहरूले नाम सच्याउनुपर्ने हुन्छ। दलहरूलाई सोमबारसम्म नाम सच्याउन समय दिइने आयोगले जनाएको छ।

त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ। प्रतिवेदन बुझाएको एक महिनाभित्र संसदको अधिवेशन आह्वान भइसक्नुपर्नेछ । ३५ दिन भित्र नयाँ सरकार गठन भइसक्नुपर्ने संबैधानिक व्यवस्था छ।

यही मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचन‍मा प्रतिनिधिसभामा नेकपा एमालेका ३४, नेपाली कांग्रेसका ३२, मा‌‌ओवादी केन्द्रका १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राप्रपाका ७ र जसपाका ५ समानुपातिक सांसद छानिँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *