सुन प्रतितोला एक लाख पाँच सयमा कारोबार

काठमाडौं, २५ मंसीर । नेपालीमा बजारमा आज सुनको मूल्य प्रतितोला एकलाख पाँच सयमा कारोबार भएको छ ।

बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला रु दुई सयले बढेर रु एक लाख पाँच सय पुगेको हो। अघिल्लो दिन सुन प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार आठ सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले बढेर रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *