निर्वाचन आचारसंहिता आजदेखि हट्याे

काठमाडाैं, २६ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गत असोज १२ गतेदेखि देशैभर लागु गरिएको निर्वाचनसम्बन्धी आचारसंहिता आजदेखि हटेको छ।

निर्वाचन आयोगले मंसिर २६ गते सोमबारदेखि उक्त आचारसंहिता हटेको जनाएको छ।

आयोगले यसबारे जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायमा जानकारी गराइसकेको आयोगले बताएको छ।

आयोगले निर्वाचनकाे परिणाम एक साताभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन पेश गर्ने पनि बताएको छ।

गत मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन सम्पन्न भएको थियो।