शेयर बजार दोहोरो अंकले उक्लियो, काराेबार रकम पनि बढ्याे

लगातार चार दिन घटेकाे शेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ। यस दिन नेप्से सूचक १६.९५ अंकले बढेर १९०२.२७ विन्दुमा पुगेको छ।

सोमबार सुरुवाती समयमा बैंकिङ्ग समुहमा बिक्री चाप बढ्दा नेप्से सूचक घटेपनि अन्तिममा भने बढेर बन्द भएको हाे । यस दिन १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर कारोबार भएको छ।

सोमबार सिवाइसी लघुवित्त र समिट लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने नेपाल दुरसञ्चार कम्पनीको ७.४६ प्रतिशत, धौलागिरी लघुवित्तको ६.०८ प्रतिशत र आदर्श लघुवित्तको ६.०८ प्रतिशतले बढेको छ ।

मैलुङ्ग खोला हाइड्रोपावरको शेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ भने नबिल बैंकको ३.६६ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको २.२१ प्रतिशत र अजोड इन्स्योरेन्सको १.९५ प्रतिशतले घटेको छ।

यस दिन नबिल बैंकको सबैभन्दा धेरै २१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम सिमेन्टको ६ करोड २१ लाख, हिमालयन डिस्टिलरीको ४ करोड ३५ लाख र एनआइसी एशिया बैंकको ४ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *