टाट पल्दिँदो अर्जेन्टिनालाई विश्व कपको राहत

ब्युनोस आयर्स । विश्व कप फुटबलको गत सेमिफाइनल खेलमा रंगशालामा जम्मा भएका हजारौं अर्जेन्टिनी फुटबलप्रेमिहरुले कतारलाई पूरै घरेलु वातावरणमा ढालिदिए । राजधानी ब्युनोस आयर्सस्थित ला बोम्बोनेरा रंगशाला होस् अथवा एल मोनुमेन्टल रंगशाला, त्यहाँ जस्तो वातावरण बन्थ्यो कतारको दोहास्थित लुसैल रंगशाला पनि करिब करिब त्यस्तै बनेको थियो । सेतो र नीलो रंगको टीशर्टले आधा रंगशाला ढाकिएको थियो ।

कतारस्थित अर्जेन्टिनी राजदूतावासका अनुसार यो विश्व कपभरि करिब ३५ देखि ४० हजार अर्जेन्टिनी फुटबलप्रेमिहरु कतार पुगेका छन् । यो सम्भवतः कतार पुगेका कुनै पनि देशको नागरिकभन्दा सबैभन्दा धेरै हो ।

आफ्नो देशको राष्ट्रिय टिमलाई समर्थन गर्नकै लागि उनीहरु कतार पुगेका थिए । कतारस्थित अर्जेन्टिनी राजदूतावासका अनुसार यो विश्व कपभरि करिब ३५ देखि ४० हजार अर्जेन्टिनी फुटबलप्रेमिहरु कतार पुगेका छन् । यो सम्भवतः कतार पुगेका कुनै पनि देशको नागरिकभन्दा सबैभन्दा धेरै हो ।

ती फुटबलप्रेमिहरुको भीडमा कतारमै रहेका भारतीय र बंगलादेशी श्रमिकहरु पनि जोडिएका थिए जो अर्जेन्टिनी फुटबलका फ्यान हुन् । यसले मेसी र अर्जेन्टिनी टीमको मनोबल निश्चय पनि बढेकै होला जसले उनलाई यो वर्षको विश्व कप उठाउन सहयोग नै गर्ने अपेक्षा गरिएको छ ।

अहिले आफ्नो टीमलाई समर्थन गर्न जति पनि अर्जेन्टिनीहरू कतार पुगेका छन्, उनीहरू आफू धनी भएर वा आफ्नो अकुत सम्पत्ति सकाउन उता गएका होइनन् । विश्व कपका बेला आफ्नो राष्ट्रिय टीमको समर्थन गर्न कतार जानुपर्छ भनेर उनीहरुले चार वर्ष अघिदेखि नै थोरै थोरै रकमको जोहो गर्न थालिसकेका थिए ।

होइन भने अहिलेको अहिल्यै कतार गएर जम्न सक्ने आर्थिक हैसियत कमै मात्र अर्जेन्टिनी नागरिकहरूसँग छ । यतिबेला अर्जेन्टिना आर्थिक रूपले यति जर्जर बनिसकेको छ कि शोंखका रूपमा कतार घुम्ने हैसियत अर्जेन्टिनीसँग छैन नै भन्दा हुन्छ ।

फुटबलमा जतिसुकै चम्के पनि आर्थिक रुपमा भने अर्जेन्टिना अहिले चरम संकटमा फसेको छ । यहाँको मुद्रा स्फिति दर अहिले ७० प्रतिशतसम्म पुगेको छ । कहिलेकाहीं यो बढेर ९० प्रतिशतसम्म पनि पुग्छ । डलरको तुलनामा अर्जेन्टिनी मुद्रा पेसोको मूल्य दिनहुँ घट्दो छ । हिजोको भाउ अनुसार १ अमेरिकी डलर बराबर १७२ पेसो पुगेको छ जो नेपाली रुपैयाँभन्दा पनि महँगो हो ।

कतारमा विश्व कप शुरु हुँदासम्म पेसोको भाउ अचाक्लै घट्ला भनेर चार वर्ष अघिदेखि नै कतिपय अर्र्जेन्टिनीहरुले डलर किनेर थुपारिसकेका थिए जो अहिले उनीहरु कतार पुगेर खर्च गरिरहेका छन् ।

कतारमा विश्व कप शुरु हुँदासम्म पेसोको भाउ अचाक्लै घट्ला भनेर चार वर्ष अघिदेखि नै कतिपय अर्र्जेन्टिनीहरुले डलर किनेर थुपारिसकेका थिए जो अहिले उनीहरु कतार पुगेर खर्च गरिरहेका छन् ।

अर्जेन्टिनामा गरिबीको प्रतिशत पनि धेरै नै छ । यहाँका हरेक १० नागरिकमा चार जना गरिब छन् । त्यसमाथि विदेशी ऋणको भारीले मुलुकलाई उठ्नै नसक्ने गरी थिचिसकेको छ । सन् २०१८ मा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४० अर्ब डलर ऋण लिएको थियो । त्यो तिर्न नसक्दै अहिले फेरि ४४ अर्ब डलर ऋण लिइसकेको छ ।
आर्थिक रूपले यति टाट पल्टिँदा पनि अर्जेन्टिना भने अझै उर्जाशील बन्दोछ, अझै गतिशील बन्दोछ । यसको एउटै मात्र कारण हो, कतारमा चलिरहेको विश्व कप फुटबल । कतारको विश्व कप खेलमा अर्जेन्टिनी टीमले हासिल गरेको हरेक जीत अहिले टाट पल्दिैँदो अर्जेन्टिनाका लागि ठूलो राहत बनिरहेको छ ।

मुलुक जब आर्थिक रुपले जर्जर बन्छ तब अनेक असन्तुष्टीहरूले अस्थिरता जन्माउँछ । तर अर्जेन्टिना अहिले अस्थिर होइन अझ एक ढिको बनिरहेको छ । फुटबलले अर्जेन्टिनालाई एक ढिकामा बाँधेको छ भन्दा बढी नहोला ।

अहिले कतारमा अर्जेन्टिना मात्र होइन विश्वका अन्य मुलुकहरूमा बसोबास गर्ने गैरआवासीय अर्जेन्टिनीहरू पनि प्रशस्त मात्रामा जम्मा भएका छन् । अमेरिकामा बसोबास गर्ने ६० वर्षीय अर्जेन्टिनी नागरिक बेटो भन्छन्, ‘भलै म अमेरिका बस्छु, तर मेरो नाडी काट्यो भने त्यहाँबाट अहिले पनि ‘नीलो–सेतो’ नै रगत बग्छ ।’

अर्जेन्टिनामा आजको आर्थिक संकट अहिले एकैचोटी उत्पन्न भएको भने होइन । सन् १९८० देखि त्यहाँ आर्थिक गडबडी शुरु हुन थालेको हो । हालै शुरु भएको कोभिड–१९, रुस–युक्रेन युद्ध, खाद्यान्न निर्यातमा समस्या, उर्जा बजारको उथलपुथल जस्ता घटनाहरूले अर्जेन्टिनालाई झनै थिलथिलो बनाइदियो ।

तर यति हुँदा पनि अर्जेन्टिनीहरू दुःखी भने छैनन् । उनीहरूको मुहारमा अझै पनि उत्साह र आशाको चमक घटेको छैन । फुटबलप्रेमि बेटो भन्छन्, ‘अहिले मेरो देश चरम आर्थिक संकटमा छ । दिनदिनै समस्याहरू झेल्नु परिरहेको छ । यस्तो अवस्थामा हामीलाई फुटबल उर्जा भइदिएको छ । त्यसले नै हामीलाई बचाएको छ ।’

भोलि अर्जेन्टिनाले फ्रान्ससँग फाइनल खेल खेल्दैछ । आर्थिक अवस्थाको तुलना गर्ने हो भने अर्जेन्टिनाभन्दा फ्रान्स धेरै गुणाले सम्पन्न हो । तर आजभन्दा १२५ वर्ष अघिको इतिहास खोतल्ने हो फ्रान्सभन्दा अर्जेन्टिना धेरै धनी थियो । सन् १९०० को दशकतिर फ्रान्स र जर्मनीभन्दा पनि अर्जेन्टिनाको आर्थिक हैसियत सबल थियो । अर्जेन्टिनामा कृषि र उद्योगको काम गर्न विदेशी कामदारहरु आउने गर्थे ।

कुनै बेला विद्युतको लागि इटालीमा हरेक परिवारले प्रति महिना २३० डलर र जर्मनीमा २७० डलर शुल्क तिर्ने गरिरहँदा त्यति नै विद्युत खपत गरे वापत अर्जेन्टिनामा मात्र ५ डलर तिरे पुग्ने अवस्था थियो ।

यसै कारणले पनि होला, अर्जेन्टिनी नागरिकलाई सामाजिक सुविधाहरु पनि प्रशस्तै दिइएको थियो । खाद्यान्न, यातायात, पेन्सन जस्ता विषयमा प्रशस्तै सब्सिडी दिने गरिन्थ्यो । कुनै बेला विद्युतको लागि इटालीमा हरेक परिवारले प्रति महिना २३० डलर र जर्मनीमा २७० डलर शुल्क तिर्ने गरिरहँदा त्यति नै विद्युत खपत गरे वापत अर्जेन्टिनामा मात्र ५ डलर तिरे पुग्ने अवस्था थियो ।

नागरिकलाई यति धेरै सुविधा दिनका लागि राज्यले बाहिर निर्यात गर्ने वस्तुहरुमा प्रशस्त कर लगाउने गर्दथे । तर करबाट उठेको रकम विकास निर्माणभन्दा पनि नागरिकको सुविधामा धेरै खर्च गरिन्थ्यो । यो सुविधाहरु यति बढ्दै जान थाल्यो कि पछि अर्थतन्त्रको लागि त्यो बोझ नै भइसक्दा पनि सुविधा कटौती गर्न सकिएन । सुविधा कटौती गरेर जनताको गाली खान कोही पनि राजनीतिक पार्टीहरु तयार भएनन् ।

अर्थमन्त्री एडुवार्डो लेभी येचालीले एक पटक त्यो प्रयास गरेका पनि थिएन । तर माथिल्लो तह कहींबाट पनि सहयोग प्राप्त नभएपछि उनले राजीनामा दिए ।
देशको यो आर्थिक अवस्थादेखि जनता दुःखी छन् । तर विश्व कप फुटबलले भने उनीहरुलाई अझै दुःखी हुन दिएको छैन ।

अहिले कतारका रंगशालाहरूमा अर्जेन्टिनी फ्यानहरु अक्सर दुइटा गीत गाउने गर्छन्, जसमा म्याराडोना, मेसी र माल्भिनास (फकल्याण्ड) को नाम उल्लेख छ । अर्जेन्टिनी टीमका गोलकिपर एमिलिनो मार्टिनेज भन्छन्, ‘यस्तो आर्थिक संकटका बेला पनि साढे चार करोड अर्जेन्टिनी जनतालाई उर्जा दिने माध्यम भएका छन् फुटबल । हामी अहिले यही चाढे चार करोड जनताका लागि खेलिरहेका छौँ ।’