निर्देशक पवन जोशीको निर्देशनमा नेपालभाषामा जाया वगु जोबन निर्माण
काठमाडौं। एक पछि अर्को गीतको रचना तथा भिडियो निर्माण गर्दैआएका अग्रज अभिनेता एवम् निर्देशक पवन जोशीको नयाँ गीतको भिडियो निर्माण भएको छ। निर्देशक जोशीको शव्द रचनामा रहेको जाया वगु जोबन बोलको गीत नेपालभाषामा निर्माण भएको हो।

गीतकार जोशीकै निर्देशनमा निर्मित उक्त गीतको भिडियोको छायाँकन ललितपुर लुभुको रमणिय स्थानमा भएको थियो। जसमा गायक कृष्ण महर्जन र गायिका सोनी राजभण्डारीको युगल गायन रहेको छ। अनिल तुलाधरको संगीत रहेको छ। भिडियोमा सनी महर्जन र सुप्रभा गाइजुको विशेष धमाकादार अभिनय रहेको छ।

साथमा कञ्चन महर्जन, सविता महर्जन, रुविना महर्जन, राज्यलक्ष्मी शाक्य र राजेश श्रेष्ठको अभिनय रहेको छ। छायाँकन तथा सम्पादन शैलेश श्रेष्ठ र श्रृंगार उमिषा पाण्डेको रहेको छ। केबीएस लुभुको निर्माण रहेको छ।

