सांसदहरूकाे शपथ पुस ७ गते बिहीबार हुने

काठमाडौं, ४ पुस । यही आउँदाे पुस ७ गते बिहीबार प्रतिनिधि सभाका सांसदहरूले शपथ लिने भएका छन् ।

सचिवालयले पहिलो बैठकमा भाग लिनु अघि नै प्रतिनिधि सभाका सांसदहरूलाई शपथ ग्रहणका लागि सूचना प्रकाशित गरेकाे छ ।

सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजेका लागि शपथ ग्रहणको समय तोकेको छ।

शपथ लिएपछि सांसदहरुले सांसद भएवापत प्राप्त गर्ने सेवा सुविधा पाउनेछन् ।

सचिवालयले मातृभाषामा सपथ लिन चाहाने सांसदहरुलाई शपथको व्यहोरा अनुवाद गरि अनुवादसहित तीन दिन अघि नै उपलब्ध गराउन आग्रह समेत गरेको छ।