एमाले सांसदलाई शपथमा राष्ट्रिय पोशाक लगाउन अध्यक्ष ओलीको निर्देशन

काठमाडाैं, ६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई शपथ लिन अनिवार्यरूपमा राष्ट्रिय पोशाकल लगाउन निर्देशन दिएका छन्।

मंगलबार संसदीय दलको नेता सर्वसम्मत चयन भएपछि ओलीले यस्तो निर्देशन दिएको सांसद टोपबहादुर रायमाझीले जानकारी दिए।

संसद सचिवालयले सांसदहरूको शपथ बिहीबार गराउँदैछ। ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार दिउँसो चार बजे शपथ लिँदैछन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *