नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादी निर्णय

काठमाडौँ, ११ पुस । नेकपा माओवादी केन्द्रक्ँ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्नु हुने भएको छ । माओवादीको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो ।

माओवादीका उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार उक्त निर्णय अब सत्ता गठबन्धनको बैठकमा पेश हुनेछ । माओवादी अध्यक्ष प्रचण्डले आज ४ बजे सपथ लिने तयारी भएसँगै दलहरुले आ–आफ्नो पार्टीबाट क–कस्लाई मन्त्री बनाउने भनेर छलफल तिव्र बनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । सो पार्टीबाट सभापति रवि लामिछानेले नेतृत्व गर्ने तयारी भएको छ ।

आजै सानो आकारको मन्त्रीमण्डल बनाउने प्रचण्डको तयारी अनुसार केही दलले मन्त्रीको नामावली पठाउने बुझिएको छ । प्रचण्डलाई १ सय ७० सांसदको समर्थन छ ।