इन्द्रावतीकाे माझी बस्तीमा लायन्स क्लबकाे न्यानाे कपडा तथा शैक्षिक सामग्री

सिन्धुपाल्चाेक , १२ पुस । सिन्धुपाल्चोककाे इन्द्रावती गाउँपालिका ५ माझी बस्तीमा लायन्स क्लवकाे सहयाेगमा न्यानाे कपडा तथा शैक्षिक सामग्री वितरण गरिएकाे छ ।

इन्द्रावती ५ माझी बस्तीमा रहेकाे श्री पुष्पगंगा आधारभूत विद्यालयमा अध्ययनरत् बिध्यार्थीहरूलाई विद्यालय शैक्षिक सामग्री, स्कुल ब्याग तथा अभिभावकहरूलाई जाडाेकाे समयमा लायन्स क्लव अफ काठमाडौं फेलोसिपकाे न्यानाे कपडा वितरण गरिएकाे क्लवका उपाध्यक्ष राजेश हिमालयले बताउनुभयाे ।

हिमालयकाे संयाेजकत्वमा त्यहाँका एकसय भन्दाबढी माझी समुदायलाई न्यानाे कपडा तथा झाेला वितरण गरिएकाे छ भने संस्थाद्वारा विभिन्न शैक्षिक संस्थामा स्कुल ब्याग, शैक्षिक सामग्री, न्यानो टोपी, फुटबल, जर्सीसेटलगाएतका सामग्री वितरण गर्दै आइरहेकाे छ ।

कार्यक्रममा इसिएलएफ नेपालका संस्थापक बन्दना एल श्रेष्ठ, इसिएलएफ नेपालका निर्देशक राजाराम महाजु, रियल वर्ल्ड (सत्य संसार)का बालगोपाल साहुखल श्रेष्ठ, वन स्टप एचआर समाधान प्रालिका धर्मबहादुर सुनार, मनकामना मावि गोकर्णेश्वर ९ दक्षिणढाेकाका जगन्नाथ देवकोटा, पासा फुटसल अरुबारीका आकाश काक्षपति, हिक्मतबिर श्रेष्ठ रेडिमेड सेन्टर गुच्चाटाेल,लायन शुसिला श्रेष्ठ नयाँ फेन्सी लगनखेल, सुन्दर सापकाेटा लगाएतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा इन्द्रावती ५ का वडा अध्यक्ष शशिनाथ आचार्य तथा सिन्धुका बरिष्ठ साहित्यकार जगन्नाथ आचार्यले सहयाेगीहरूलाई कदरपत्र प्रदान गरेका थिए ।