त्रिपालकाे भरमा दार्चुलाकाे विद्यालय
दार्चुला, १३ पुस । दार्चुलाका एक विद्यालय त्रिपालकाे भरमा सञ्चालन भइरहेका छन् ।
विसं २०७९ भदौ २४ गते आएको बाढीले विद्यालयको भवन बगाएपछि दार्चुलाकाे महाकाली नगरपालिका–२ पण्डारोस्थित भुवनेश्वरी आधारभूत विद्यालय त्रिपालमा सञ्चालन भइरहेकाे हाे ।
३१ जना विद्यार्थी रहेकाे उक्त विद्यालयमा डेस्क बेन्चको अभावमा रहेकाे छ भने विद्यार्थीहरू चिसो भूँइमा बसेर पढ्न बाध्य छन्।
