नेपालीहरूकाे सान, आज टोपी दिवस भव्यताका साथ मनाइँदै
काठमाडौं, १७ पुस । अंग्रेजी नयाँ वर्षकाे अवसर पारेर मनाउन थालिएकाे नेपाली टोपी तथा राष्ट्रिय पाेसाक दिवस आज परेकाे छ ।
अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस केहि वर्ष अघिदेखि नेपाली टोपीको प्रवर्द्धन गर्नका मनाइदैं आएकाे हाे ।
विश्वभर अंग्रेजी नयाँ वर्ष मनाइरहँदा नेपालमा भने राष्ट्रिय टाेपी दिवस मनाइन्छ । दिवसले राष्ट्रिय टाेपी र पाेसाककाे प्रवर्द्धनका साथै नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउनाले संस्कृतीकाे जगेर्ना पनि भएकाे छ ।
नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। विशेषतः भाद्गाउँले टोपी र नेपाली ढाका टोपी मानिसहरूकाे राेजाइमा पर्ने गर्छन् ।
