राजनीतिमा पनि धेरै फउल खेले रेडकार्ड पाइन्छ : अध्यक्ष ओली

काठमाडौं, पुस १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा पनि धेरै फउट खेल्नेले रेडकार्ड पाउँने बताउनु भएकाे छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवसमा आज काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले फउल खेल्नेलाई राजनीतिमा पनि रेडकार्ड दिइने उल्लेख गर्नु भएको हो ।

अध्यक्ष ओलीले खेलसंग राजनीतिलाई जोडेर खेलमा मात्र नभएर राजनीतिमा पनि राम्रो सोँच र विचार सहित गर्नुपर्ने बताउनु भएको हो ।

‘राम्रो खेलाडीले अनुशासनमा रहेर खेल्छ। नराम्रो खेलाडीले खुट्टामा हान्छ ओलीले भन्नुभयाे ।

‘जसले फउल खेल्दैन उसले गोल हान्छ। अर्थात् हामीलाई चाहिएको समाज फउल नखेल्ने समाज हो।’

यसैबिच अध्यक्ष ओलीले मन्त्रिपरिषद् विस्तार हुन केही समय लाग्ने संकेत गर्दै एमालेसहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको प्रस्ट पार्नुभयो ।