धरहरा नक्कली भन्ने मेयर बालेन आफैं किन खुल्ला मञ्च नक्कली बनाउन अघि बढे ?

काठमाडौं, १८ पुस । काठमाडौंको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोध गर्दै स्थानीयबासी र सम्पदा अभियान्ताहरुले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्
अभियान्ताहरुले काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोललाई भेटेर ज्ञापनपत्र बुझाउने भनिएतापनि मेयर बालेन्द्र साहले कुनै महत्व नदिएपछि उपमेयर सुनिता डंगोललाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।
साहले पुस महिनाभरी समय दिन नसक्ने र माघ पहिलो हप्ता समय दिने जानकारी गराएपछि अभियन्ताहरुले उपमेयरलाई नै ज्ञापनपत्र बुझाएका हुन् ।
खुल्लामञ्चमा भूमिगत पार्किङ बनाउने महानगरको योजनाको विरोध स्वरुप उनीहरुले ज्ञापनपत्र बुझाउने भनेता पनि मेयर बालेनले छलफलको लागि भेट्न समय समेत उपलब्ध गराउन नसकेको भन्दै आजैबाट खुल्ला मञ्च मास्नबाट मेयरको टिम हट्न अभियन्ताहरुले च्यालेन्ज समेत दिएका छन् ।
‘हामीले कसैको विरोध गरेका छैनौं, नराम्रो गर्ने सबैलाई खबरदारी गर्छौ’ अकुपाइ टुडिखेल संयोजक विजय श्रेष्ठले भन्नुभयो । ‘ धरहरालाई नक्कली भन्ने मेयर बालेन्द्र साह आफै किन नक्कली टुडिखेल बनाउन लाग्नु भयो’ हामीले खुल्ला मञ्च मास्न अघि बढ्ने मेयर बालेन्द्र साह र उहाँको टिमलाई टुडिखेल मास्ने अभियानबाट पछि हट्न च्यालेन्ज दिन्छौं, आजै ब्याक भएहुन्छ’ । यस्ताे संवेदनशील विषयमा मेयर जनप्रतिनिधीसंग टाढा हुनु ठेकेदारतन्त्र हो उहाँले भन्नुभयो ।

टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीय र सम्पदा अभियन्ताहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेकाे थिए ।
काठमाडौं महानगरपालिकाले नगरविकास कोषलाई अध्ययनको जिम्मेवारी दिंदै टुँडिखेलको खुलामञ्चभित्र तीनतले भूमिगत पार्किङ बनाउने योजनामा अगाडि बढाएको छ तर महानगरपालिकाले योजनाबारे स्थानीयस्तरमा कुनै छलफल चलाएको छैन ।
यता अभियानका प्रवक्ता सञ्जय अधिकारीका अनुसार सार्वजनिक क्षेत्र खुलामञ्चलाई खुलै राख्नु पर्ने रायसहित उपमेयर डंगोललाई ज्ञापनपत्र बुझाएको बताउनुभयो ।
महानगरका मयेर बालेन्द्र शाहले स्थानीयबासी र सम्पदा संरक्षकहरुलाई भेट्न समय दिएनन् । अभियानले मेयरलाई खबर गर्दा आफूले समय दिन नसक्ने बताएको सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले भन्नुभयो । ‘मेयरलाई आज भेट्ने गरी खबर गरेका थियौँ । तर, उहाँले माघ पहिलो साता मात्रै भेट्ने खबर पठाउनुभएछ । यसको अर्थ हामीसँग भट्न चाहनु भएन ।

नेपालको राजनैतिक, सामाजिक, सांस्कृतिक महत्व बोकेको खुलामञ्च विभिन्न प्रयोजनमा प्रयाेगमा ल्याउने गरी पहिलेदेखि अतिक्रमण हुँदै आएको छ ।
यसैबिच टुँडिखेल रहेको २८ वडा कार्यालयले पनि पार्किङको लागि सुरु भएको डिपिआर रोक्न काठमाडौं महानगरपालिकामा पत्र दर्ता गर्ने प्रक्रिया सुरु गरेको बताएको छ ।
टुडिखेल लगाएतका सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्छ, पार्किङको बिकल्प खोज्नुपर्छ : उपमेयर सुनिता डंगोल
यसैबिच काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ज्ञापनपत्र बुझ्दैे सार्वजनिक जग्गा सरक्षण गर्नुपर्ने कुरामा दुई मत नरहेको बताउनु भयो ।
‘हामीले टुडिखेल लगाएतका सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्छ, साथै पहिलो प्राथमिकता भनेको आवश्यकता हो कि होइन, भन्ने हो । वरिपरि भएका पार्किङले सम्बोधन गर्छ भने नयाँ सरचना बनाउनै पर्दैन,’ उहाँले भन्नुभयो । ’लोकतान्त्रिक पद्धतिमा सबैभन्दा माथि जनता हो । जनतासँग परामर्शविना कुनै काम र केहि पनि महानगरले गर्दैन,’ उहाँले भन्नुभयो ।