चन्दा आतंक: काठमाडौँ महानगरका विद्यालयमा पूर्व–स्वीकृतिबिना जान नपाइने

काठमाडौं, २० पुस । पछिल्लो समय शैक्षिक संस्थाहरुमा विभिन्न नाममा चन्दा आतंक भएकाे भन्दै त्यसलाइ रोक्न काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयमा पूर्वस्वीकृति बिना प्रवेश रोक लगाएको छ ।

विभिन्न संघ–संस्थाका नाममा, अतिथि शिक्षक लगायत विभिन्न नाममा विद्यालयमा चन्दा आतंक, अवाञ्छित क्रियाकलाप सञ्चालन भइरहेको भन्दै महानगरपालिकाको शिक्षा विभागले पूर्वस्वीकृति बिना विद्यालयमा प्रवेश गराउन रोक लगाएको हो ।

कामपाकाे शिक्षा विभागले सबै विद्यालयमा पत्राचार गरेर विभागको पूर्वस्वीकृति विना प्रवेश नगराउन भनेको हो ।

विद्यालयमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानवअधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदिको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीसँग जबर्जस्ती आर्थिक सहयोग माग गर्ने गरेको गुनासो आउने गरेको विभागले जनाएको छ ।

शिक्षक विद्यार्थीलाई अमर्यादित व्यवहार गर्ने, विद्यार्थीहरुलाई अवाञ्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलाप भइरहेको अभिभावक तथा विद्यालयबाट गुनासो आइरहेकोले पूर्व स्वीकृति बिना प्रवेश नगराउन भनेको हो । उक्त क्रियाकलापले विद्यालय शान्ति क्षेत्रको उल्लंघन भई समग्र शैक्षिक गतिथविधि प्रभावित भएको विभागले ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *