रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि चाैतर्फी विरोध

रुपन्देही, २१ पुस । रुपन्देहीमा छाडा साँढेलाई व्यवस्थापन गर्न ट्रकमा बाँधेर घिसारेपछि सिद्धार्थनगर नगरपालिकाको चाैतर्फी आलोचना भएको छ ।

बुधबार साँझ लु१ग ३६२ नम्बरको नगरपालिकाकाे ट्रक पछाडि साँढेलाई बाँधेर रक्ताम्य हुने गरी नगर प्रहरीले घिसार्दै लगेपछि स्थानीयले चर्को नाराबाजी गर्दै बिराेध जनाएका छन् ।

अहिले साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै गरेको तस्वीर सामाजिक संजालमा भाइरल भएको छ ।

स्थानीयसहित विभिन्न निकायबाट बिराेध जनाएपछि नगर प्रमुख इस्तियाक अहमद खान ले दोषी कर्मचारीलाई कारबाही गर्ने बताएका छन्