बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शालिकराम जमकट्टेल नियुक्त

मकवानपुर, २५ पुस । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन भएको छ ।

७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गर्नुभएका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।