प्रचण्डलाई विश्वासको मत दिने देउवाको प्रस्ताव, कार्य सम्पादनले निर्णय गर्ने

काठमाडौं,२६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गर्नुभएको छ ।

मंगलबार बिहान आफ्नै निवास धुम्बाराहीमा बसेको बैठकमा देउवाले विश्वासको मत दिनु पर्ने बताउनु भएको हो । तर कांग्रेसका पदाधिकारीबीच एक मत हुन सकेन ।
विश्वासको मत दिन नहुने मत राखेका नेताहरुले यसबारे केन्द्रीय समितिले निर्णय गर्नु पर्ने माग गरेका थिए ।

कांग्रेसको कार्यसम्पादन समितिलाई केन्द्रीय समितिले लिने निर्णय गर्ने अधिकार छ । बैठकमा सहभागी एक पदाधिकारीले भन्नु भयो, ‘केन्द्रीय समितिबाट अनुमोदन गर्ने गरी अब कार्य सम्पादन समितिबाट निर्णय गर्छौं ।’

तत्कालै केन्द्रीय समिति बैठक बस्न असंभव भएकाले कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *