प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले २९ गते विश्वासको मत लिने

सुनसरी, २७ पुस । प्रदेश १ बाट मुख्यमन्त्री बन्नुभएका हिक्मत कार्कीले पुस २९ गते विश्वासको मत लिने लिनुहुने भएको छ ।

नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम नियुक्त माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको धारा १६८(४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम विश्वासको मत लिनुहुने भएको हो । 

प्रदेश सभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार मिति पुस २९ गते ११:०० बजे विश्वासको मत प्राप्त गर्ने सूचना टाँस भएको  छ।

कार्कीलाई एमालेका ४०, माओवादीका १३ राप्रपाका ६ र जसपाका १ जना सांसदको समर्थन रहेको छ ।