लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज शपथ ग्रहण गर्दै
दाङ, २८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे उहाँलाई शपथ ग्रहण गराउनुहुनेछ ।
आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ । एमाले र माओवादी केन्द्रबाट एक/एक मन्त्री बनाउने तयारी रहेको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बताउनुभयो ।
बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
अहिले लुम्बिनी प्रदेशमा १३ मन्त्रालय छन् । यसलाई घटाउने गरी छलफल भइरहेको छ ।