सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी)काे काज सरुवा (सूचीसहित)
काठमाडाैं २८ पुस । प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका १७ जना डीआईहरूको काज सरुवा गरेको छ ।
बिहीबार भएको सरुवा अनुसार नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवर मधेश प्रदेश पुगेका छन् । मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् ।
कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पुगेका छन् । प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएका छन् ।
