राप्रपाका महामन्त्री भुवन पाठक बागमतीको सभामुखमा निर्वाचित
काठमाडौं, २९ पुस । बागमती प्रदेशसभाकाे सभामुखमा राप्रपाका महामन्त्री भुवन पाठक निर्वाचित भएका छन् ।
प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक बहुमतले निर्वाचित भएका हुन् ।
पाठकले ६२ मत पाएका छन् भने उनका विपक्षमा ३९ मत परेको छ । निर्वाचनमा ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका थिए ।
शुक्रबार नै बागमती प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
