लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत
दाङ, ५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन् ।
मुख्यमन्त्री गिरीले बिहीबार प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मत दिएका हुन् ।
प्रस्तावको विपक्षमा २८ मत परेको थियाे । जुन मत कांग्रेस सांसदहरूका मात्रै हुन् ।
विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा प्रदेशसभामा ८६ सांसद उपस्थित थिए ।