सभामुख देवराज घिमिरेले लिनुभयाे राष्ट्रपतिकाे हातबाट शपथ

काठमाडौं, ६ माघ । सभामुख देवराज घिमिरेले आज शपथ लिनुभएकाे छ । उहाँले राष्ट्रपति भवन शितल निवासमा एक समारोहकाबीच शपथ लिनुभएकाे हाे ।

उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनुभएकाे छ । शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

नेकपा एमालेका घिमिरे हिजाे मात्र सभामुख चयन हुनुभएकाे थियाे ।