राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवार इन्दिरा रानामगरलाई बनाउने

काठमाडौं, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा रानामगरलाई उपसभामुख उम्मेदवार बनाउने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको शुक्रबार बसेको संसदीय दलको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

सात दलीय सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्रको भागमा उपसभामुख परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा जनजाती समुदायकी रानामगरलाई उम्मेदवार बनाउने भएको हो।

शुक्रबार दिउँसो १ बजेदेखि चार बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ। शनिबार प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्ने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *