पूर्व सरकारले छिमेक सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित बनाएकाे छ : अध्यक्ष ओली

काठमाडौं, ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सरकारले छिमेक सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित बनाएकाे बताउनुभएकाे छ ।

शुक्रबार एमालेको परराष्ट्र मामिला विभागले काठमाडौंमा आयाेजना गरेको एक कार्यक्रममा बाेल्नुहुँदै अध्यक्ष ओलीले पूर्व सरकारले छिमेक सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित बनाएकाे बताउनुभएकाे हाे ।

‘विगत सरकारका समयमा हामीले देख्यौं अनावश्यक ढंगले हाम्रो छिमेक सम्बन्ध तरंगित, असन्तुलित र बहुत बेढंगी तालले चल्यो। हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध विवास्दास्पद ढंगले चल्यो,’ उहाँले भन्नुभयाे ।

‘पहिलो कुरा, दुई वटा छिमेकीसँग कार्ड खेल्ने होइन भनेर हामीले भनेका छौँ। एउटाको कार्ड अर्कातिर, अर्कोको कार्ड अर्कातिर होइन,’ उहाँले भन्नुभयाे, ’हामी हाम्रा छिमेकीहरुका निम्ति असल छिमेकी हुन चाहन्छौँ  ।

अध्यक्ष ओलीले नयाँ सरकारले सीमा समस्यालगायतका समस्याहरु समाधान हुने गरी परराष्ट्र नीति संचालन गर्न र आन्तरिक अवस्था र नीति अनुकूल बाह्य सम्बन्ध अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे ।