छाेरी गंगासहित प्रधानमन्त्री प्रचण्डले गरे सचिवालयमा ७ जनालाई नियुक्ति

काठमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छाेरी गंगा दाहालसहित सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरेका छन् ।
उनले प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा छाेरी गंगा दाहाल र रमेश मल्ललाई नियुक्त गरेका हुन् ।
यस्तै, प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फ नवराज ढुङ्गाना र स्वकीय सह-सचिवमा गोकर्ण भट्टलाई नियुक्त गरेका छन् ।
प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरि तिमिल्सिना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएकाेसचिवालयले जनाएको छ।